नेपालमा थपिए पाँच कोरोना संक्रमित

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन्।

प्रकाशित मिति: : 2022-12-09 19:33:00

प्रतिकृया दिनुहोस्