विदेशबाट आयात हुने सामानमा लगाएको प्रतिबन्द हट्यो, अब महँगा सामान काठमाडाैं ल्याउन पाइने

सरकारले विदेशबाट आयात हुने विलासी सामाग्रीमाथि लगाएको प्रतिबन्द फुकुवा गरेकाे छ। 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २९ देखि लागू हुने गरी विदेशबाट आयात हुने गाडी, मोबाइल, मदिरा र मोटरसाइकलमा लगाएको आयात प्रतिबन्ध फुकुवा गर्ने निणर्य गरेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले पुसबाट आयात फुकुवा गर्ने गरी निर्णय गरेको जानकारी दिए।  

मन्त्रिपरिषदमा आयात प्रतिबन्धको विषयमा छलफल भएको र पुसबाट फुकुवा गर्ने गरी निर्णय गर्न सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई अधिकार दिएको समेत उनले बताए। साेही अनुसार अबदेखि पुस १ गतेबाट यी सामान आयात गर्न सकिनेछ। 

सरकारले सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो।
 

प्रकाशित मिति: : 2022-12-07 15:32:00

प्रतिकृया दिनुहोस्