बिएल संवाददाता
चलचित्र निर्माता संघले ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध दिएको ठगीको उजुरी चलचित्र निर्माता संघले खारेज गर्ने निर्णय गरेको छ।
उजुरीको विषयमा संघले बोलाएको दुवै पक्षको छलफलमा निर्माता सेनले सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेपछि उजुरी खारेज गर्ने निर्णय संघले गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए।
‘हामीले दुवै पक्षलाई शुक्रबार दिउँसो छलफलमा बोलाएका थियौ’ अध्यक्ष खड्काले भने, ‘निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने आएनन्। त्यसकारण पनि हामीले निवेदनलाई अघि नबढाउने निर्णय गरेको हो।’
निर्माता सेन विरुद्ध सिक्किम निवासी रामगोपाल राईले आफूहरूबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रूपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार निर्माता संघमा निवेदन उजुरी दिएका थिए।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया