
बिएल संवाददाता
चलचित्र निर्माता संघले ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध दिएको ठगीको उजुरी चलचित्र निर्माता संघले खारेज गर्ने निर्णय गरेको छ।
उजुरीको विषयमा संघले बोलाएको दुवै पक्षको छलफलमा निर्माता सेनले सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेपछि उजुरी खारेज गर्ने निर्णय संघले गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए।
‘हामीले दुवै पक्षलाई शुक्रबार दिउँसो छलफलमा बोलाएका थियौ’ अध्यक्ष खड्काले भने, ‘निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने आएनन्। त्यसकारण पनि हामीले निवेदनलाई अघि नबढाउने निर्णय गरेको हो।’
निर्माता सेन विरुद्ध सिक्किम निवासी रामगोपाल राईले आफूहरूबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रूपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार निर्माता संघमा निवेदन उजुरी दिएका थिए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया