होन्डाले २०२३ मा पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने

File photo
File photo

हाल बजारमा विद्युतीय सवारी साधनकाे माग बढ्दाै छ। विद्युतीय सवारी साधनकाे माग बढिरहँदा होन्डाले पनि विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेकाे छ। 

भारतीय अटो वेबसाइट गाडीवालाका अनुसार होन्‍डाले सन् २०२३ को पहिलो त्रैमासमा आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्नेछ। 

कम्पनीले उक्त स्कुटरको नाम र विशेषताहरूबारे भने हालसम्म सार्वजनिक गरेको छैन। तर यसले भारतीय बजारमा उपलब्ध टिभिएसको आईक्युब र बजाज चेतकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।

हालसम्मको जानकारी अनुसार होन्डाको विद्युतीय स्कुटरको बाहिरी अवतार होन्डा एक्टिभा जस्तै हुनेछ। बजार प्रतिस्पर्धा बढिरहेको समय होन्डा पनि एक बलियो प्रतिस्पर्धीको रूपमा खडा हुने देखिन्छ। 


 

प्रकाशित मिति: : 2022-12-01 11:44:00

प्रतिकृया दिनुहोस्