आज सेयर बजारमा ३.५१अंककाे गिरावट

File photo
File photo

साताकाे चाैथाे काराेबार दिन बुधबार नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ।

बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा काराेबार बन्द भएको हाे। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ।

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १९४ कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीकाे मूल्य बढेकाे छ भने १२४ कम्पनी घाटामा गएका छन्। साथै, ६ कम्पनी स्थlर रहेको नेप्सेले जनाएको छ।

ग्रिन लाइफ हाइड्रोपावर ४.१७, खप्तड लघुवित्त वित्तिय संस्था ४ प्रतिशतले वृद्धि भएको र हिमालय डिस्टिलरी ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाको कारोबार भएको र नबिल बैंकमा भने ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बुधबार माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्समा वृद्धि भएको छ भने अन्य उपसुचकहरू ओरालो लागेको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-30 15:59:00

प्रतिकृया दिनुहोस्