बैंक अफ काठमाण्डूलाई दुई करोड जरिवाना

File photo
File photo

बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्‍याएपछि जरिवाना तिरेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था छ। सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ।

त्यस्तै सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ।

प्रकाशित मिति: : 2022-11-29 21:46:00

प्रतिकृया दिनुहोस्