आज नेप्से सुचकमा ०.१५ प्रतिशतले वृद्धि

File Photo
File Photo

मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ। सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो।

मंलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।
यस्तै १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ। साथै, ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ। हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाको कारोबार भएको र नविल बैंकमा भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाको कारोबार भएको छ।

मंग्लबार विकास बैंक, फाइनान्स, हाइड्रो पावर, जिवन बिमा, माइक्रो फाइनान्स, अन्य र म्युचुअल फण्ड  कम्पनीहरुमा वृद्धि भएको छ। यस्तै अरु कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-29 15:40:00

प्रतिकृया दिनुहोस्