क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।
सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन्।
यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए।
त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए।
त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ।