महिला हिंसाविरुद्ध पिके क्याम्पसकाे साइकल र्‍याली (फाेटाे फिचर)

पद्मकन्या (पिके) क्याम्पसका छात्राद्वारा तेस्रो साइकल र्‍याली आयोजना गरिएको छ। महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ  शनिबार तेश्रो साइकल यात्रा- २०७९ काे आयोजना गरिएको हो।

साइकल र्‍यालीकाे माध्यामद्वारा महिलाको सशक्तिकरणको साथै महिला हिंसाविरुद्ध जनचेताना फैल्याउने उद्देश्यले वर्षेनी आयोजना गर्दै आएको बताउँदै त्यसै कार्यक्रमको निरन्तरता दिएको कार्यक्रम संयोजक उप- प्राध्यापक योगेन्द्रमान सिंह बस्न्यातले बताए।

कार्यक्रमबाट बचेको रकम राष्ट्रिय आविष्कार केन्द्र र अन्य कुनै आवश्यक सामाजिक संस्थालाई हस्तान्तरण गराउने समेत उनले जानकारी गराए।

बिहान ८ बजे सुरु भएको साइकल र्‍याली पद्म‌कन्या क्याम्पस हुँदै कमलादी गणेशथान हुँदै पुतलिसडक, अनामनगर, बबरमहल, पुल्चाेक, माहापाल, मङ्गलबार, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, नयाँ सडक, बसन्तपुर, घण्टाघर बागबजार क्याम्पस पुगेर टुंगिएकाे थियाे। र्‍याली पश्चात क्याम्पस परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे।

पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा अध्ययनरत बिबिएम पाँचौँ सेमेष्टरका छात्राद्वारा आयोजना गरिएको साइकल र्‍यालीमा महिला, पुरुष र बालबालिकाको करिब २०० जना साइक्लिस्टको सहभागिता रहेको छ।

कार्यक्रमलाई महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल टेलिकम, इ-प्नेलानेट, राष्ट्रिय वाणिज्य बैंक, एआइएम कन्सल्टेन्सी, सेभेनस्टार र प्याङ्क बाइकले सहयाेग गरेकाे थियाे।

प्रकाशित मिति: : 2022-11-26 12:33:00

प्रतिकृया दिनुहोस्