काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी सोविता गौतम विजयी भएकी छन्।
बुधबार बिहान सम्पन्न काठमाडौं–२ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ गौतम विजयी भएकी हुन्।
काठमाडौं–२ का निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन्।
काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो।