‘ह्यारी की प्यारी’ माघ २० मा रिलिज हुने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको रोमान्स रहेको रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ। अभिनेत्री साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले शुक्रबार फिल्मको केही पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी नै देखिएका छन्। पोस्टरमा जीतु र साम्राज्ञी साइकलमा माइकिङ गर्दै  हिँडेको देख्न सकिन्छ।  साइकलमा माइकलाई रिवनले बाँधिएको छ। साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके समेत राखिएको छ। पोष्टरले दर्शकका उत्सुकता जगाउने देखिन्छ।

प्रकाशित मिति: : 2022-11-20 15:06:00

प्रतिकृया दिनुहोस्