दाङमा बम भेटियो 

दाङमा बम भेटिएको छ।

घोराही–तुलसीपुर सडक खण्डअन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको हो। 

बिहान ७ बजेतिर बम भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए।

उक्त बमको नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो।

यस्तै दाङमा शनिबार पनि दुई ठाउँमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको थियो।

प्रकाशित मिति: : 2022-11-20 09:50:00

प्रतिकृया दिनुहोस्