के तपाईले भारतीय फिल्म 'हेराफेरी' हेर्नुभएकाे छ। यदी हेर्नुभएकाे छ भने फिल्मका कमेडियन 'बाबु भइया' अर्थात् परेश रावल पनि यादै हाेला नि। जाे फिल्मकाे मुख्य पात्रमध्येका एक हुन्। उनी बलिउडका नाम चलेकै अभिनेता हुन्। जसकाे अभिनयले हजाराैँ दर्शककाे मन जित्न सफल भएकाे छ।
आखिर काे हुन् त परेश, जसले हजाराैँ दर्शकहरूलाई अभिनयकै कारण घायल बनाएका छन्। खासमा उनी अभिनेता, चलचित्र निर्माता तथा राजनीतिज्ञ हुन्। जसकाे जन्म सन् १९५० मा बम्बई (हाल मुम्बई) राज्मा भएको थियो।
सन् १९८५ मा ‘अर्जुन’ फिल्ममा सहायक भूमिकाबाट डेब्यु गरेका उनले हालसम्म २५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। 'भिलेन' देखि कमेडियनसम्मकाे भूमिकामा अभिनय गरिसकेका उनी पद्मश्री पुरस्कारबाट पनि सम्मानित भइसकेका छन्।
कसरी तय भएको थियो बलिउड यात्रा?
परेशले सन् १९८५ मा ‘अर्जुन ’ बाट सहायक भूमिकामा डेब्यु गरेका थिए। यससँग सँगै उनी दूरदर्शन टिभी सिरियल, ‘बन्ते बिगडटे’ का पनि काम गर्देथे। यो सिरियल उनको करियरमा कोशेढुङगा शावित भयो। जुन वर्षभरिकौ ब्लकबस्टर सिरियल बन्यो र यही सिरियलले उनको नाम चर्चाको चुलीमा पुग्यो।
त्यसपछि उनले सन् १९८० र १९९० को दशकमा १०० भन्दा बढी चलचित्रहरु काम गरे। जसमा उनले मुख्य भमिका निभाएका थिए। यति मात्र होइन उनले धेरै चलचिक्रहरुमा मुख्य खलनायकको रूपमा समेत काम गरेका थिए। जसमा रूपकी रानी ,चोरका राजा, कब्जा, किंग अंकल, राम लखन, दाउद, बाजी आदि रहेका छन्।
तर सन् १९९० को दशकमा जब उनको दोहोरो भूमिकामा रहेको फिल्म अप्ना अप्ना प्रर्दशन भयो उनी झन् दर्शकको प्रिय बन्दै गए। दर्शकले उनलाई दोहारो भूमिकाका लागी रुचाउदैँ गए।
कुन कुन पुरस्कार प्राप्त गरे?
१.फिल्मफेयर अवार्ड
फिल्मफेयर अवार्ड भारत वार्षिक पुरस्कारहरू हुन्। जुन हिन्दी भाषाको चलचित्र उद्योगमा कलात्मक र प्राविधिक उत्कृष्टतालाई सम्मान गर्दछ। फिल्मफेयर समारोह भारतको सबैभन्दा प्रसिद्ध चलचित्र पुरस्कार मध्ये एक हो।
परेश रावलले फिल्मफेयरबाट पाएका पुरस्कार
– १९९४मा : सर फिल्ममा उत्कृष्ट भिलेन अवार्ड
–१९९५मा : मोहरा फिल्ममा उत्कृष्ट हाँस्य कलाकारकाे लागी।
–२००१मा: हेरा फेरी फिल्ममा उत्कृष्ट हाँस्य भूमिकाका लागी ।
– २००४मा: हॉंगामा फिल्ममा उत्कृष्ट हाँस्य भूमिकाका लागी ।
–२००५: हॉलचलमा सर्वश्रेष्ठ प्रदर्शनकाे लागी।
–२००७: फिर हेरा फिराकाे लागी उत्कृष्ट हाँस्य भूमिकाका लागी ।
२.आइफा अवार्ड
आइफाको नामले चिनिने इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स बलिउडका वार्षिक अवार्ड समारोह हो। विजक्राफ्ट इन्टरनेसनल इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको यो अवार्डको विजेताको निर्णय हिन्दी फिल्म उद्योगका आफ्ना मनपर्ने कलाकारलाई अनलाइनमा मतदान गर्ने गर्दछ। सन् २००० मा स्थापना भएको यो समारोह हरेक वर्ष विश्वका विभिन्न देशमा आयोजना गरिन्छ।
परेश रावलले आइफा अवार्ड बाट पाएका पुरस्कार
- २००१मा : हर दिल जो प्यार करेगा मा लिए सर्वश्रेष्ठ सहायक अभिनेता काे लागी।
-२००१मा: हेरा फेरी के लिए काे लागी हाँस्य भूमिकाका लागी।
- २००४मा: हंगामा और बागबान काे लागी हाँस्य भूमिकाका लागी।
- २००५मा: हॉलचलकाे लागी हाँस्य भूमिकाका लागी।
- २00७: फिर हेरा फेरीकाे लागी हाँस्य भूमिकाका लागी।
३. बलिउड फिल्म अवार्ड
बलिउड फिल्म अवार्ड बलिउड चलचित्र उद्योगका चलचित्र र अभिनेताहरूको सम्मान गर्ने गर्दछ।
– २००४मा : काे लागी हाँस्य भूमिकाका लागी।
–२००४मा: काे लागी हाँस्य भूमिकाका लागी।
परेश रावलले २५० भन्दा बढी भारतीय फिल्ममा काम गरिसकेका छन्। जसमध्थेका हेराफेरी,ओएमजी:ओमाय गड!,अंदाज अपना अपना, नाम, तमन्ना, फिर हेरा फेरी ,सन्जु ,नायक, गरम मसाला,आवारा पागल दिवाना,आदि प्रसिद्द छन्।