आसन्न निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह : प्रचण्ड

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन्।

अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे।

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ आरोप लगाएका छन्। डा. महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दावी गरे। उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-16 20:57:00

प्रतिकृया दिनुहोस्