निर्वाचन अगाडि काठमाडौंका ४३ जनाले बुझाए वैध हतियार (भिडियोसहित)

शनि शाक्य

काठमाडौं

आगामी मसिंर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौँका ४३ जनाले वैध हतियार बुझाएका छन्।

निर्वाचनमा कसैलाई असर नपुगाेस् भन्ने उदेश्यका साथ आम जनतालाई आफूसगँ भएको वैध हतियार प्रहरीलाई बझाउन प्रहरीले आग्रह गरेको हाे। 

'आगामी मसिंर ४ गते हुने आम निर्वाचनका लागि नागरिकहरुले आफूलाई सुरक्षति महसुस गरुन र जो कोहिसगँ भएको वैध हतियार आफनो नजिक रहेको प्रहरी चौकीमा बुजाउन' महानगरी प्रहरी परिषद टेकुका काठमाडौँ प्रहरी प्रमुख भरत बहादुर बोहोराले बिएल नेपाली सेवासगँ भने। 

हालैसम्म काठमाडौँका विभिन्न स्थानबाट ४३ वटा वैध हतियार प्रहरीलाई बुझाएको भन्दै उनले भने, 'अवैध हतियारकाे बारेमा हाम्रो खोज अनुसन्धान भइरहेको छ, तर अहिलेसम्म भने त्यस प्रकारको अवैध हतियार फेला परेको छैन्।'

प्रकाशित मिति: : 2022-11-15 14:46:00

प्रतिकृया दिनुहोस्