देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ड वाटर फिल्टर

खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ड वाटर फिल्टर प्रदान गरेका छन्। गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद गरिएको एक थान हट एण्ड कोल्ड वाटर फिल्टर ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई प्रदान गरेका हुन्।

युवा रोशन श्रेष्ठ, नवराज रिजाल, आदित्य भट्टराई, उपेन्द्र आचार्य, सन्तोष पोखरेल, कविराज रिजाल, सफल आचार्य र रुपक परियारको टोलीले वृद्धवृद्धालाई कार्यालयमा तातोचिसो पानी पिउने व्यवस्थाका लागि आइतबार ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हट एण्ड कोल्ड वाटर फिल्टर हस्तान्तरण गरेका छन्।

संघलाई हट एण्ड कोल्ट वाटर फिल्टर सहित दुई थान जार र एकथान मल्टिप्लक प्रदान गरिएको श्रेष्ठले बताए। श्रेष्ठकै अगुवाईमा वृद्धवृद्धालाई तातो चिसो पानी पिउनका लागि हट एण्ड कोल्ड वाटर फिल्टर उपलव्ध गराइएको हो।

प्रकाशित मिति: : 2022-11-13 13:58:00

प्रतिकृया दिनुहोस्