सिमक्षेत्रको प्रर्वद्धनका लागि सिमसार म्युजिक फेस्टिबल

‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिभल शनिबार हुँदैछ। कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक यो म्युजिक फेस्टिबल हुन लागेको हो।

कुटुम्ब ब्यान्डका राजु महर्जनले सिम क्षेत्रको प्रवद्धनका लागि पहिलो पटक म्युजिक फेस्टिबल हुन लागेको बताए।

कीर्तिपुरका म्युजिक सम्बन्धि धेरै जानकार भएका कारण उनीहरुको उर्जाका लागि पनि यस्तो फेस्टिबल बेला–बेलामा गर्नु पर्ने बताएछन्।

राजु भन्छन्, ‘सिम क्षेत्रको प्रवद्धनका लागि म्युजिक फेस्टिबल गर्न लागेको हौं। कीर्तिपुरमा धेरै म्युजिसियन पनि छन्। उनीहरुको उर्जाका लागि पनि यो फेस्टिबलको आवश्यक छ’।

सिम क्षेत्रमा पहिलो पटक गर्न लागेको फेस्टिबल सफल तरिकाले सम्पन्न गर्न आफूहरु लागि परेको उनले भने। 

‘हामी पहिलो संस्करण सफल तरिकाले सम्पन्न गर्ने योजनामा छौं। यो पटक फेस्टिबल सफल भयो भने आगामी सिजन पनि आयोजना गर्नेछौं,’ महर्जनले भने।

सिम क्षेत्रको प्रवर्द्धन गर्नका लागि फेस्टिभल कुटुम्भ ब्यान्ड र ‘विथ लोकल नेपाल’ ले आयोजना गर्न लागेको हो।

फेस्टिभल (शनिबार) १२ बजे देखि सुरु भएको छ। कीर्तिपुर नगरपालिका–४ मा हुने फेस्टिभलमा टिकटको व्यवस्था पनि गरिएको र जसमा कुटुम्ब ब्यान्ड, कान्ता दब–दब लगायतको प्रस्तुती रहने आयोजक विथ लोकल नेपालका सुदीप महर्जनले जानकारी दिए।

प्रकाशित मिति: : 2022-11-12 14:28:00

प्रतिकृया दिनुहोस्