थ्रिडी कमिक् बुक सार्वजनिक

File Photo
File Photo

शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो।

वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियशन प्रालिका अध्यक्ष रुपक शाक्यले बताए।

उनका अनुसार किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरू नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको छ। बुकमासाहसिक र थ्रिलर कथाबस्तु समेटिएको छ।

शाक्यका अनुसार शान्तिको डायरी थ्रिडी कमिक् बुक निर्माण गर्नुको उदेश्य कथाभित्र रहेको पात्रहरूलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो । साथै, प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु पनि हो।

पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडि बढ्दै जान्छन् र असंख्य कष्टको सामना गर्दै लक्ष्य पार गर्न खोज्छन्।
 

प्रकाशित मिति: : 2022-11-06 15:15:00

प्रतिकृया दिनुहोस्