इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

बिएल संवाददाता

इस्लामाबाद
file photo
file photo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिएर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन्।

इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ। इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ।'

इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो। कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो। पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन्।

प्रकाशित मिति: : 2022-11-05 12:53:00

प्रतिकृया दिनुहोस्