म्यान्मारः पूर्वसांसद विन मिन्ट ह्लिङलाई १४८ वर्ष जेल

[File: Reuters]
[File: Reuters]

सेनाद्वारा शासित म्यान्मारमा एक अदालतले अपदस्थ नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीका एक पूर्वसांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ। ५२ वर्षीय विन मिन्ट ह्लिङलाई उक्त सजाय सुनाएको हो।

आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको सबैभन्दा लामो जेल सजाय हो। 

सोमबार म्याग्वे जिल्लाको अदालतले व्यापारिक राजधानी यांगुनबाट करिब ४८० किलोमिटर उत्तरमा अवस्थित विन मिन्ट ह्लिङलाई आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर गर्दै १४८ वर्षको सजाय सुनाएको थियो।

पूर्वसांसद विन मिन्ट ह्लिङ प्रजातन्त्रवादी नेत्री आङ सान सुकीनिकट नेता हुन्।

प्रकाशित मिति: : 2022-11-03 14:26:00

प्रतिकृया दिनुहोस्