दाङको बंगलाचुली गाउँपालिकाले अनिश्चितका लागि गाउँपालिकाभित्र ठूला मालवाहक गाडी सञ्चालन गर्न रोक लगाएको छ।
असोज तेस्रो हप्ता परेको पानीले ठाउँ–ठाउँमा सडक भत्किएको र त्यसको मर्मत गर्नका लागि ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको हो।
मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उनको आग्रह छ। बङगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गा खानी रहेको र चुनढुङ्गा बोक्न सयौँ टिप्पर चल्ने गर्छन्।