नारायणीमा डुंगा पल्टियो, ३ जनाको मृत्यु

File Photo
File Photo

पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ।

नवलपरासीको सुस्ता गाउँपालिका–४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो। थप दुई जना घाइते भएका छन्।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका–४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो।

प्रकाशित मिति: : 2022-11-01 08:10:00

प्रतिकृया दिनुहोस्