दार्चुलामा ढुङ्गा खसेर बालकको मृत्यु

दार्चुलामा भीरबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ।

जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेका अनुसनर वंडा नम्बर २ मा रहेकाे थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। 

प्रकाशित मिति: : 2022-10-28 16:39:00

प्रतिकृया दिनुहोस्