बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भए ऋषि सुनाक, को हुन् उनी?

Photo: Agncy via news.sky.com

बेलायतमा ऋषि सुनाक प्रधानमन्त्री बन्ने निश्चित भएको छ। उनी पहिलो बेलायती–एशियाली प्रधानमन्त्री बन्ने लयमा हिँडिरहेकाे अधिकारीहरूले जनाएका छन्।

पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन्।

नयाँ बन्ने बेलायती प्रधानमन्त्रीले देशमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैधताका प्रश्नहरू सामना गर्नेछन्।

बेलायत अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ।

उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ।

विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्।

को हुन् सुनाक?

सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् र दुवै भारतीय मूलका हुन्।

जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।

उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे।

उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।

स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। यी दम्पतीका दुई छोरीहरू छन्।

सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे।

पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।

प्रकाशित मिति: : 2022-10-24 21:22:00

प्रतिकृया दिनुहोस्