श्रीलंकाली लेखकलाई यस वर्षको बुकर पुरस्कार

फाइल तस्विर
फाइल तस्विर

श्रीलंकाका लेखक शेहान करुणातिलाकाले आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जितेका छन्।

देशको साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको बारेमा पुस्तकमा लेखिएको छ। ४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन्।

यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार प्राप्त गरेका थिए।

पुरस्कारको राशि ५० हजार युरो रहेको छ।

प्रकाशित मिति: : 2022-10-18 06:55:00

प्रतिकृया दिनुहोस्