नेपाल प्रहरीले मनायाे ६७ औं प्रहरी दिवस (तस्विरहरू)

शनि शाक्य

काठमाडौं

नेपाल प्रहरीले ६७ औं दिवस मनाएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो। 

उक्त कार्यक्रममा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरीलगायत प्रदेश प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको थियाे। 

नेपाल प्रहरीको कार्यदक्षता मूल्याङकनमा प्रदेश कार्यालयहरु मध्ये आन्तरिक व्यवस्थापन तर्फ सम्पादित काम कारबाहीहरुमा बागमती प्रदेश उत्कृष्ट भएको छ। 

साे कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले उत्कृष्ट प्रदेश प्रहरी कार्यालयको प्रसंसा पत्र हस्तान्तरण गरेका थिए। 

प्रहरी दिवसको अवसरमा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो।

 

प्रकाशित मिति: : 2022-10-17 14:19:00

प्रतिकृया दिनुहोस्