युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ।
राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन्।
ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ। त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।
– एजेन्सी