वाङ्मय शताब्दी पुरुष जोशीले अपूर्ण राखेका काम सरकारले पूरा गर्छ– पर्यटनमन्त्री श्रेष्ठ

शनि शाक्य

काठमाडौं

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले आज निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अपूर्ण राखेका कामहरु सरकारले पूरा गर्ने बताएका छन्।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा श्रदाञ्जलीको लागि राखिएको पार्थिव शरीरमा श्रदाञ्जली दिँदै मन्त्री श्रेष्ठले भने,‘अस्पताल भर्ना हुनुअघि उहाँसँग मेरो भेट भएको थियो। त्यसक्रममा उहाँले आफ्ना कृति तथा अपूर्ण कार्यबारे बताउनुभएको थियो। ती अपूर्ण काम सरकारले पूरा गर्छ।’

जोशीले मन्त्रीलाई आफ्नो संग्रालयमा बनाउँदै गरेका पौवा चित्र अन्तिममा सरकारलाई हस्तान्तरण गर्ने बताएका थिए। सो पौवा चित्र पूरा नहुँदै मृत्यु भएपछि अब त्यो चित्र सरकारले पूरा गर मन्त्री श्रेष्ठले बताए।

मन्त्री श्रेष्ठले जोशीको मृत्युले नेपाली कला सांस्कृतिक क्षेत्रमा ठुलो क्षति भएको बताए। 

(यसअघिकाे शीर्षकमा पर्यटनमन्त्री श्रेष्ठ हुनुपर्ने अन्यथा भएकाेमा सच्चाइएकाे छ। 

भिडियाे:

प्रकाशित मिति: : 2022-10-16 16:24:00

प्रतिकृया दिनुहोस्