बर्मेली नेत्री सुकीका सुरक्षा–प्रमुखलाई १० वर्षको जेल सजाय

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारकी अपदस्थ नेत्री आङ सान सुकीका सुरक्षा–प्रमुख उ आङ नाइङ ओलाई सैन्य अदालतले दश वर्षको जेल सजाय सुनाएको छ।

अदालत  स्रोतका अनुसार गत जुलाईमा मृत्युदण्ड दिइएका चर्चित नागरिक नेता को जिमीलाई सैन्य सूचना चुहावट गरेको पाइएपछि उनलाई आधिकारिक गोप्य ऐन अन्तर्गत जेल सजाय सुनाइएकाे हाे।

त्यसाे त सुरक्षा–प्रमुख ओलाई सन् १९९० को सैन्य 'कू'ताका सुकीलाई घरमै नजरबन्दमा हेर्ने जिम्मा दिइएको थियो। 

त्यस्तै, सुकीकी महिला अंगरक्षक चेरी हेटलाई पनि प्रहरी नियम अन्तर्गत पाँच वर्षको जेल सजाय तोकेको छ।

'कू'को प्रमुख विरोध गर्दैआएकी नोबेल शान्ति पुरस्कार विजेता उनीमाथि चुनावमा धाँधली गरेको, भ्रष्टाचारलगायत कैयाैँ अभियोग लगाइएको छ।

सैन्य सरकारले उनलाई अहिलेसम्म १४ वटा मुद्दामा २६ वर्षको जेल सजाय सुनाएको छ।


उनी अर्थात् आङ सान सुकी

'बन्दुककाे त्रास र जनताकाे माया'

 

प्रकाशित मिति: : 2022-10-16 06:20:00

प्रतिकृया दिनुहोस्