वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?

File photo
File photo

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ।

एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको हो। दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ। १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ। समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ। असोज २१ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ।

प्रकाशित मिति: : 2022-10-13 10:38:00

प्रतिकृया दिनुहोस्