मलला युसुफजाई पाकिस्तानमा

बिएल संवाददाता

इस्लामाबाद
File photo
File photo

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मस्थान पाकिस्तान पुगेकी छन्।

तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन्। पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट गर्ने छिन्। यो वर्ष पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा भएको छ।

किशोरी शिक्षा अभियान चलाएको आरोप लगाउँदै पाकिस्तान तालिवान आबद्ध लडाकुहरुले उनीमाथि गोली प्रहार गर्दा मलाला केबल १५ वर्षकी थिइन्। तत्काल उनलाई बेलायत लगेर उपचार गरिएको थियो।

त्यसपछि उनले विश्वव्यापी रुपमा बालिका शिक्षाको अभियानमा लागेकी थिइन्। उनी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सानो उमेरकी व्यक्ति हुन्।

आक्रमणको १०औँ वार्षिकीको दुई दिनपछि स्वदेश फर्किएकी उनी दक्षिणी सहर कराँचीमा उत्रेकी थिइन्। उनले  यस वर्षको अभूतपूर्व वर्षापछिको बाढीबाट प्रभावित मानिसहरूसँग भेट गर्ने भएकी छिन्।

विनाशकारी बाढीले पाकिस्तानको एक तिहाइ भूमी जलमग्न बनेको थियाे  भने   लाखौँ मानिस विस्थापित भएका छन्। बाढीले ४२ अर्ब बराबरको भौतिक क्षति भएको छ।

प्रकाशित मिति: : 2022-10-12 14:59:00

प्रतिकृया दिनुहोस्