महिला भलिबल प्रतियोगिता सम्पन्न‍‍‍‍‍‍‍‍‍‍‍‍‍

शनि शाक्य

हेटौंडा

हेटौंडामा महिला भलिबल प्रतियोगिता सम्पन्न‍‍‍‍‍‍‍‍‍‍‍‍‍ भएको छ।

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

उक्त खेलमा बागमती प्रदेश प्रहरी गण, हेटौंडा प्रथम भएको छ भने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दोस्रो स्थान हासिल गरेको छ।

खेलमा पहिलो र दोस्रो हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ। 

प्रकाशित मिति: : 2022-10-10 18:59:00

प्रतिकृया दिनुहोस्