दशैं बन्याे दशाः रहिनन् युवा नेत्री झरना चाैधरी

अनेरास्ववियु रूपन्देही सहसचिव झरना चाैधरीकाे दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ।

प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन्।

२० वर्षीया चाैधरी केही समयअघि एमालेकाे कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकाे अनेरास्ववियु नेताहरू बताउँछन्।

कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्याम अर्यालले बताएका छन्।

प्रकाशित मिति: : 2022-10-06 07:23:00

प्रतिकृया दिनुहोस्