राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएईको तेस्रो अधिवेशन सम्पन्न

आइतबार सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको तेस्रो अधिवेशनले नरेन सापकोटाको अध्यक्षता २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल (२०२२-२०२५) का लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा ओमकुमारि खाण र गोपाल भट्टराई, महिला उपाध्यक्षमा माया सेडाई (केसी) , सचिवमा कमल कार्की, सह सचिवमा यामप्रसाद निउरे, कोषाध्यक्षमा हेमराज भण्डारि र सह-कोषाध्यक्षमा रमेश राना चयन भएका छन्।

यसैगरी होम नाथ कुवँर,  तुलसी  काफ्ले, निमकला भण्डारी, सुनिता घिमिरे, कृष्ण सुनार, सुस्मा कुँवर, पारु मगर, थमन मल्ल ठकुरि, विनय खत्री, जिवन कुँवर, जिवन पाण्डे, सुरज पाण्डे, गोविन्द अधिकारी, अतित भुसाल, समिर आचार्य, कमल परियार, सरोज थापा,  देवेन्द्र अधिकारी, अनिता अधिकारि र नविन न्यौपाने सदस्यमा चयन भएको नवनिर्वाचित अध्यक्ष सापकोटाले बिएल नेपाली सेवालाई जानकारी दिए।

नारायण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिवेशनमा युएईमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नेपाली लोकसंगित पारखीहरुको उपस्थिति रहेको थियो।

अधिवेशनको बन्दसत्रबाट सर्वसम्मत छनौट भएको नयाँ कार्यसमितिको नामावली निर्वाचन समितिका संयोजक एवम् राष्ट्रीय लोक तथा दोहोरी गीत नेपाल युएईका संस्थापक अध्यक्ष गोपी कृष्ण पंगेनीले घोषणा गरेका थिए।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एकेन्द्र बहादुर थापा, विशिष्ट अतिथि दिनेश त्रिपाठी, चन्द्रप्रसाद सापकोटा, लक्ष्मण खनाल, मोहन बस्याल, खिमलाल पाण्डे लगायतले शुभकामना दिएका थिए।

अध्यक्षमा चयन भएसंगै सापकोटाले कलाकारलाई टिकट बेचाएर मात्रै स्टेज दिईने संस्कृतिको अन्त्य गर्न र नेपाली कलाकारहरुलाई उचित पारिश्रमिक दिलाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-10-03 16:27:00

प्रतिकृया दिनुहोस्