चितवनमा डेङ्गुको संक्रमणबाट एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन्।

डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले बताएका छन्।

स्थानिय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-09-29 12:19:00

प्रतिकृया दिनुहोस्