प्रज्ञा जोशीले ‘सहारा’ टेलिसिरियल बनाउँदै

प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ। सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभमुहूर्तसँगै छायांकन समेत थालिएको छ। 

सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन्। ‘सहारा’ एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन्। एउटी विधवा अपांगता भएपछि समाजमा भोग्नुपर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएकको निर्देशक दाहालले बताए।

टेलिसिरियलमा निर्मात्री प्रज्ञा जोशीका अलावा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालको अभिनय हुनेछ।

प्रज्ञा फिल्मसको प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीको शृंगार रहने छ।
 

प्रकाशित मिति: : 2022-09-26 16:19:00

प्रतिकृया दिनुहोस्