बोको हरामद्वारा ११ किसानको हत्या

जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन्।

जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन्। टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन्।

अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरुमा जनाइएको छ।

यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए।

नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ।

प्रकाशित मिति: : 2022-09-22 07:17:00

प्रतिकृया दिनुहोस्