रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

बिएल संवाददाता

किभ, युक्रेन
AP Images
AP Images

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन्।

‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने। रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाएका छन्।

जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरेका छन्। 

उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरेका छन्।

जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरेका छन्। युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।

प्रकाशित मिति: : 2022-09-22 07:12:00

प्रतिकृया दिनुहोस्