भारतमा कोभिडबाट मृत्यु हुने ५ लाख २८ हजार नाघे

बिएल संवाददाता

नयाँ दिल्ली

एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ।

पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ। 

कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रीय संक्रमित छन्। त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ।

प्रकाशित मिति: : 2022-09-20 08:05:00

प्रतिकृया दिनुहोस्