गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन्।

भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन्।

विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन्।पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो।

अडानीको कुल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ। उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन्। मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ। 

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन्।  उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए। अडानी समूहले कोइला व्यापार, खनन, तेल तथा ग्यास अन्बेषण, बिजुली उत्पादन र वितरणमा फैलिएको कारोबार सम्हाल्दै आएको छ।

प्रकाशित मिति: : 2022-09-19 13:25:00

प्रतिकृया दिनुहोस्