रनवेमा स्याल छिर्दा जहाज अवतरणमा ढिलाई 

File photo
File photo

धनगढी विमानस्थलको रनवेमा स्याल छिर्दा सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ।

काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो।

ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-16 13:59:00

प्रतिकृया दिनुहोस्