मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश १ का प्रमुख सचिव बिनोद सिंहको सरुवा भएको छ। प्रदेशमा आएको तीन महिना नपुग्दै उनको गृह मन्त्रालयमा सरुवा भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा उनलाई गृह मन्त्रालय सरुवा गरेको हो। सचिवहरुमा पनि कनिष्ठ सचिवमा रहेका बिनोद सिंहको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
उनको सरुवा भएपनि प्रमुख सचिवको रुपमा प्रदेश १ मा कसैलाई पठाइएको छैन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार अहिले को सचिव पठाउने भन्ने टुंगौ लागेको छैन्। प्रदेश १ मा छिटो छिटो समयमा सचिवहरुको सरुवा हुँदा सरकारको कामहरु पनि अस्तव्यस्त हुने गरेको छ।
प्रदेश सरकार बने यता झण्डै १० जना सचिवहरुका सरुवा भइसकेको छ। यसैबिच मन्त्रीपरिषदको सोमबार बसेको बैठकले सचिव तोयम राय, रामप्रसाद घिमिरे र टेक नारायाण पाण्डे लगायतको सरुवा गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिमतिरका विशिष्ट श्रेणीका कर्मचारीहरुलाई राम्रो ठाउँमा लैजाने गरेका कारण प्रदेश १ घर भएका सचिवहरु भने थन्किएर बस्नु पर्ने अवस्था छ।