बालबालिकाद्वारा संस्कृत श्लोक पाठ गरि बेलायती महारानीको अन्तिम बिदाइ 

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भयो। 

महारानी एलिजाबेथको मृत्युले संयुक्त अधिराज्यको इतिहासमा सबैभन्दा लामो शासनको अन्त्य गरेको छ। जुन ७० वर्षदेखि चलिआएको थियो।

महारानीलाई बेलायतका बालबालिकाद्वारा संस्कृत श्लोक पाठ गरि स्व.बेलायती महारानीको अन्तिम बिदाइ गरेका छन्। 

महारानी एलिजावेथ द्वितीयाको आगामी सेप्टेम्बर १९ तारिख सोमबार राजकीय अन्तेष्टी गरिने भएको छ।

रानीको शरीर हाल उत्तरपूर्वी स्कटल्याण्डको बालमोरल क्यासलको बलरूमम रोयल स्ट्यान्डर्ड फर स्कटल्याण्डले ढाकिएको ओक कफिनमा छ, जसमाथि फूल माला र पुष्पगुच्छा अपर्ण गरिएको छ। शाही अधिकारीहरूले यसलाई “शान्त मर्यादाको दृश्य“ भनेका छन्। रानीको कफिनलाई आइतबार एडिनबर्गको होलीरुडहाउसको दरबारमा सडकबाट १८० माइल (२९० किलोमिटर) यात्रामा लगिएकाे छ।

अन्त्येष्टि एक सातापछि हुने भएपनि महारानीको शवयात्रा भने आइतबारदेखि शुरु भएकाे छ। आइतबार उनको शव हाल रहेको बाल्मरोल प्यालेसबाट एडिनबरा ल्याइनेछ।

महारानीको अन्त्येष्टिको दिन बेलायतमा सार्वजनिक बिदा दिने घोषणा गरिसकिएको छ।

प्रकाशित मिति: : 2022-09-12 20:52:00

प्रतिकृया दिनुहोस्