पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव    

File photo
File photo

पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ। यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो।

नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ। कार्यक्रमको नेपाली सेना २२ नंं बाहिनी बुटवलका बाहिनीपति नवराजङ्ग गुरुङले उद्घाटन गरेका हुन्।

गणले वार्षिक उत्सवको अवसरमा आन्तरिक रुपमा भएका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पुरस्कार प्रदान गरेको थियो। कार्यक्रममा स्थानीय भाषा कला संस्कस्कृतिसँगै नेपालका विभिन्न भू–भागमा चलन चल्ती र प्रचलनका गीत संस्कृति तथा साँस्कृतिक प्रस्तुत समेत देखाइएको थियो।

विगतमा सन् १८५४ मा नेपाल भोट युद्धको लडाईमा सफलता प्राप्त गरेको गणलाई तत्काली प्रधानमन्त्री जंगबहादुर राणाले भोट फत्य महिन्द्र दल पदक प्रदान गरेका थिए। गणले सन १८५७ मा लखनउ सैनिक विद्रोहको लडाइमा उत्कृष्ट काम गरेवापत लखनउ कदर पदक पाएको, पहिलो विश्व यु र दोस्रो विश्व युद्धमा सहभागी भई युद्ध लडेको र जापानी फौजका तरवाल र विगुल पक्राउ गरेको इतिहास रहेको छ। 

सन् १९४४ अक्टोवरमा ईन्फ्रन्ट्री विग्रेडको अंश भएर महिन्द्र दल वर्माको रंगुन शहरमा पुगेको थियो। सन् १९४५ जनवरी १९ मा साउथ इष्ट एसिया कमाण्ड सेक्टरका सुप्रिम एलाईड कमाण्डर लर्ड लुईस माउण्ट वेटनले यस पल्टनको निरीक्षण गरी युद्धमा गरेको बहादुरी र लडाइको रणकौशलताको मुल्याङ्कन गरी दि फेमस महिन्द्र दल बटालियन नामाकरण गरी दि फेमस उपाधी प्रदान गरी नेपाल सरकार र बेलायती महारानीलाई पत्राचार गरेको गौरवमय इतिहास गणको छ।

वि.स. २०३१ मा खम्पा विद्रोहमा निशस्त्रिकरणको अभियानामा परिचालित भएको,संयुक्त राष्ट्रसंघको आह्वानमा ५ पटकसम्म लेवनान, बुरुण्डी र हाइटीमा शान्ती स्थापनाका लागि खटिएको, जनतासँग सैनिक सम्बन्ध कायम गर्न विभिन्न विपद व्यवस्थापन तथा दैवी प्रकोपका घटनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गणका गणपती बालमुकुन्द विष्टले बताए।

२०७८ साल चैत्रमा पाल्पामा स्थानान्तरण भएको दि फेमस महिन्द्र दल गणले स्थानीय निर्वाचन २०७९ सफलता पूर्वक सम्पन्न गरेको, रामपुर तथा बगनासकालीका विभिन्न क्षेत्रमा अवरुद्ध रहेका सडक गणबाट सैनिकहरु परिचलन गरी सुचारु गरेको, तानसेनका मन्दिरहरुको नियमित सरसफाई गर्दै आएको, तानसेनका नेपाली सेनासँग जोडिएका जात्राहरुमा सहभागिता जनाएको, विपद प्रतिकार्य पुर्वतयारीमा तानसेन टुँडिखेल र रानीमहल क्षेत्रमा प्रर्दशन गरिएको गणपती विष्टले बताए।

प्रकाशित मिति: : 2022-09-12 20:02:00

प्रतिकृया दिनुहोस्