नेविसंघको त्रिवि समिति विघटन 

विश्वविद्यालयमा तालाबन्दी गरेर आलोचित भएको नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ। 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरिएको बताएका हुन्।

उनले तत्कालै केन्द्रीय प्रतिनिधि घटाएर क्याम्पस अधिवेशन गर्ने भन्दै आजपछि कुनै पनि सांगठानिक गतिविधि नगर्न र नियमविपरीतका क्रियाकलापसमेत नगर्ने निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2022-09-12 15:00:00

प्रतिकृया दिनुहोस्