अल रिआदि ईभेन्ट्सले दुबईमा दशैं धमाका २०२२ आयोजना गर्दै

संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली समुदाय बिच मोटिभेस्नल स्पिकर, साईकोलोजिकल प्रोफेसर एवम् लाईफ कोचको रूपमा स्थापित सोनिल पराजुलीले अल रिआदि ईभेन्टस कम्पनी संचालनमा ल्याएका छन्।

विभिन्न कार्यक्रम तथा समारोहहरुको आयोजना, व्यवस्थापन एवम् प्रचारप्रसारका लागि कम्पनी संचालनमा ल्याईएको पराजुलीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। 

सम्बन्धित क्षेत्रमा १० वर्ष भन्दा लामो अनुभव संगालेका विज्ञहरुसंगको सहकार्यमा यस कम्पनी संचालनमा ल्याईएको पराजुलीले बताएका छन्। आफ्नो टिमले विभिन्न दक्षिण एसियाली मुलुकहरूमा शैक्षिक एवम् व्यवसायीक प्रदर्शनीहरु, सांगीतिक कार्यक्रमहरु, रोड शोहरु संचालन गरिसकेको उनले बताए।

पराजुलीले हालै संचालनमा ल्याएको अल रिआदि ईभेन्टस कम्पनीले आगामी सेप्टेम्बर २५ तारिख दुबईमा पहिलो कार्यक्रम गर्दैछ। ‘दशैं धमाका २०२२’ नाम दिइएको उक्त ईभेन्टमा चर्चित गायिका एलिना चौहान, गायक प्रविण बेड्वाल, गायक तथा संगितकार सिएल शर्मा लगायतका कलाकारले प्रस्तुति दिने बताइएको छ। 

युएईमा कार्यरत नेपालीहरुबिच दशैंको शुभकामना आदानप्रदान सहित सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो ईभेन्ट आयोजना गरिएको पराजुलीले बताए। बरदुबईको याक एण्ड यति  एभरेष्ट क्लबमा आयोजना हुने यो कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले समेत प्रस्तुति दिने बताईएको छ।

कार्यक्रमहरुको आयोजना एवं व्यवस्थापनका अलावा अल रिआदि ईभेन्टस कम्पनीले विभिन्न प्रदर्शनी, स्टेज डेकोरेसन, क्याटरिङ, जन्मदिन र विवाह एवम् एनिभर्सरिहरुको प्लानिङ तथा व्यवस्थापन सहित फेशन शो र रोड शोहरुको समेत आयोजना गर्ने गरेको छ।

प्रकाशित मिति: : 2022-09-12 12:00:00

प्रतिकृया दिनुहोस्

    Super congratulations brother

    • एक बर्ष अगाडि
    • Chakra bahadur Deukadi