तीन हजार सात सय बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

हिमानी ट्रस्टले गोरखाका सामुदायिक बिद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ। 

उक्त ट्रस्टले जिल्ला भित्रका ४० बिद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० बिधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिए।

ट्रस्टले बिधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल,  माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उनले बताए।

ट्रस्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गरेका थिए।

प्रकाशित मिति: : 2022-09-11 12:59:00

प्रतिकृया दिनुहोस्