मेकअप गर्दा कसरी राम्रो हुन्छ?

ममता आचार्य

काठमाडौं

सुन्दर बनेर हिड्ने चाहना सबैलाई हुन्छ। अहिले त झन् बिना मेकअप हिड्नेहरु कमै भेटिन्छन्। 

कुनै पारिवारिक भेटघाट, विवाह, व्रतबन्ध र अन्य क्रियाकलापमा जाँदा मेकअप गर्नुपर्छ भन्नेको जमात बढ्दै गएको छ। मेकअप नगरे नराम्रो देखिन्छ भन्ने धेरैलाई लाग्छ।

मेकअप गर्दा के लगाउने? कसरी गर्ने?  कँहा जाँदा कस्तो मेकअप गर्ने  भन्ने धेरैलाई थाहा नहुन सक्छ। 

कसरी गर्ने क्रिमको छनोट?

सबैलाई एउटै प्रोडक्टको सामानले राम्रो नगर्न सक्छ। त्यसैले मेकअप गर्दा सबैभन्दा पहिला आफ्नो छाला र  कपाल कस्तो प्रकारको छ भनेर थाहा पाउनुपर्छ।

सोही अनुसार जुनसुकै प्रोडक्टको सामान प्रयोग गर्न सकिन्छ। मेकअपको सामान प्रयोग गर्दा सस्तो भन्दा ब्राण्डेड प्रयोग गर्नुपर्छ। सस्तो सामानले हाम्रो छाला तथा कपालमा धेरै समस्याहरु ल्याउन सक्छ। 

मेकअप गर्दा पहिला अनुहारलाई पानीले वा ‘क्लिजिङ मिल्क’ले सफा गर्नुपर्छ। ‘क्लिजिङ मिल्क’ ले हाम्रो छालामा भएको फोहोरलाई निकाल्ने काम गर्छ। क्लिजिङ गर्दा ४ देखि ५ मिनेटसम्म गर्नुपर्छ। 

अनुहारलाई सफा गरिसकेपछि मोइस्चराइजर लगाउनु भन्दा अघि टोनर प्रयोग गर्न एकदम महत्वपूर्ण छ। 

अनुहार सफा गरेपछि छालामा छिद्रा ‘पोर्स’ पर्ने गर्दछ। टोनरले छिद्रालाई टाइट गरिदिन्छ। यसपछि फाउनडेसन लगाउन पर्ने छ भने प्राइमर लगाउनुपर्छ र फाउनडेसन लगाउन पर्ने छैन भने ३,४ मिनेटपछि सन्सक्रिम लगाउँदा राम्रो हुन्छ।

यदि घाममा निस्कनु छ भने पन्ध्र मिनेट अघि सन्सक्रिम लगाउँदा राम्राे हुन्छ। र सन्सक्रिम प्रयाेग गर्दा हत्केलमा नलगाई अनुहारमा साना टिकाटिका हुने गरी लगाउनुपर्दछ। 

फाउनडेसन सधै प्रयोग गर्नुहुँदैन। छालामा चाँया ,पोतो र दागहरु छ भने मात्र फाउनडेसन प्रयोग गर्दा उत्तम हुन्छ। विवाह तथा कुनै पार्टिमा जाँदा मेकअप गर्ने तरिका फरक र हेब्बी हुने हुँदा फउनडेसन लगाउनै पर्छ।

कसरी गर्ने लिप्स्टिकको छनोट? 

लिप्स्टिक हामीले छालाको प्रकार हेरेर वा कँहा जाँदै छौ भनि प्रयोग गर्नुपर्छ। सधैँ लिप्स्टिक लगाउने बानी छ भने फिक्का रङको लगाउँदा आकर्षक देखाउँछ। रातो लिप्स्टिक लगाँउदा धेरै परिपक्व देखिने हुदाँ सधैँ प्रयोग गर्नु हुदैँन।   

प्रकाशित मिति: : 2022-09-10 17:16:00

प्रतिकृया दिनुहोस्