पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

बिएल संवाददाता

इस्लामाबाद
preventionweb.net
preventionweb.net

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ।

यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो।

बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ। यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ। बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ। अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन्।

प्रकाशित मिति: : 2022-09-10 09:34:00

प्रतिकृया दिनुहोस्