स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट

File Photo
File Photo

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकलनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो।

स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ।

प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ।

जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रर्दशनीमा पनि उत्कृष्ट भएको छ। बेसीशहरमा दुई दिनसम्म भएको वार्षिक समिक्षा कार्यक्रममा सहभागि पाँचजिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रर्दशनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो।

यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन्।
 

प्रकाशित मिति: : 2022-09-09 09:13:00

प्रतिकृया दिनुहोस्